काठमाडौ । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ-१ र चितवन-२ मा दुई महामन्त्रीलाई खटाउने निर्णय गरेको छ। आइतबार सानेपामा भएको कार्यसम्पादन समितिको बैठकले तनहुँ(१ मा महामन्त्री गगन थापा र चितवन(२ मा विश्वप्रकाश शर्मालाई समन्वय गर्ने जिम्मा दिएको हो। सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि दुवै महामन्त्री सहभागी हुने कार्यक्रम छ। मनोनयन दर्तापछि सभामा उनीहरूले सम्बोधन गर्ने बताइएको छ।
कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। बारा(२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
प्रकाशित: १९ चैत्र २०७९, आईतवार १८:२२