चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।
लामिछानेल उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दैे जनता भन्दा बाहेकको शक्ति आफूसँग नभएको दाबी गरे ।
त्यस्तै लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीलाई कुनै बाह्य सहयोग नभएको बताएका छन् ।
‘सार्वभौम जनताको शक्ति बाहेक म सँग अर्को कुनै शक्ति छैन,’ लामिछानेले भने। ‘मलाई कसैको समर्थन छैन । कसैसँग गठबन्धन नगरी चुनाव आफ्नो बलमा जित्नुपर्छ भनेर लागेका छौं। कसैले समर्थन गर्छ भने हामी धन्यवाद भन्छौं।’
प्रकाशित: २० चैत्र २०७९, सोमबार १२:३८