बारा–२ मा ४ जनाको मनोनयन दर्ता


तरुण पत्रिका

२० चैत्र २०७९, सोमबार १३:५४

बारा – बारा–२ मा चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

१० वैशाखको उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गराएका हुन् ।

यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उठ्दैछन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ । जनमत पार्र्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले पनि मनोनयन पत्र दर्ता गर्ने तयारी छ ।

 

प्रकाशित: २० चैत्र २०७९, सोमबार १३:५४