तनहुँ १ मा सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता


तरुण पत्रिका

२० चैत्र २०७९, सोमबार १४:०१

तनहुँ – तनहुँ १ मा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।

तनहुँमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार १४:०१