नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो


तरुण पत्रिका

२० चैत्र २०७९, सोमबार १५:५८

काठमाडौँ– यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ ।

आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो । नेप्सेकाअनुसार आज २ सय ६० कम्पनीको २८ लाख २९ हजार ४ सय २६ कित्ता शेयर २७ हजार ४ सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम ९२ करोड २ लाख ४९ हजारमा खुम्चिएको छ ।

आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १ सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव ४, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ ।

लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह ८ अङ्कले घटेको छ ।
आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै ३ करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै १ लाख ४० हजार ६ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार १५:५८