मधेस प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु बाहिरिए


तरुण पत्रिका

२१ चैत्र २०७९, मंगलवार १६:३९

जनकपुरधाम– मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका हुन् ।

मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा मामिला तथा कानुन मन्त्री राजकुमार लेखि, गृह तथा सञ्चार सत्रुधन सिंह, महिला वालवालिका मोजैद आलम र गृहराज्यमन्त्री केशव राय रहेका थिए ।

प्रकाशित: २१ चैत्र २०७९, मंगलवार १६:३९