काठमाडौँ । पत्नीलाई बलात्कार गरेकाे आरोप लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । न्यायाधीश गिरीलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले अनुमति दिएको हाे ।
हाल न्यायापरिषद्मा कार्यरत गिरीविरुद्ध उनकी पत्नीले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । प्रहरीले वैवाहिक जबरजस्ती करणीको जाहेरी लिएर थप अनुसन्धानका लागि न्यायाधीश गिरीलाई पक्राउ गर्न अनुमति माग गरेको थियाे ।
गिरी कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भई कार्यरत छन् ।
उता, उनकी पत्नीलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिएकाे छ । उनीविरुद्ध सरकारी कागजात किर्ते गरेकाे आराेप छ ।
प्रकाशित: २२ चैत्र २०७९, बुधबार १८:०७