मनपरी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गर्न गृहको निर्देशन


तरुण पत्रिका

२३ चैत्र २०७९, बिहीबार ११:५५

काठमाडौं। गृह मन्त्रालयले निजी सवारीसाधनले यात्रुसँग मनपरी भाडा असुलेको फेला परे कारबाही गर्न निर्देशन दिएको छ।
बिहीबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न मन्त्रालयसँग आग्रह गरेको थियो।
महासंघले आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार्दै आएको पाइएकाले त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो।

Tags :

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार ११:५५