बन्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्न रोक लगाउन माग


तरुण पत्रिका

२३ चैत्र २०७९, बिहीबार १५:१८

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बन्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्न रोक लगाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बन्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गरेका हुन् ।

बन्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बन्चरेडाँडा पठाउनुपर्ने बताएका उनले बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्न ल्यान्डफिल साइट बनाएको स्मरण गराए ।

सिसडोलमा फालिएजस्तै बन्चरेडाँडामा पनि फोहोर फाल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उनको भनाइ छ ।

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार १५:१८