काठमाडौ । दश दलीय गठबन्धनको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो दोस्रो पटक सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने, देशको अर्थतन्त्र सुधार गर्न नीतिगत र कार्यगत सुधार गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार १८:३१