कोशी नामकरणबारे संघ सरकारले प्रदेशसँग वार्ता गर्ने


तरुण पत्रिका

२४ चैत्र २०७९, शुक्रबार ११:१०

काठमाडौँ– सरकारले कोशीमा पहिचानवादीको आन्दोलन र विरोधको विषयमा प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछि भइरहेको आन्दोलनलाई लिएर प्रदेशसँग वार्ता गरेर अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने र परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री शर्माले बताएकी छन् ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार ११:१०