पदम लिम्बुलाई गर्‍यो सरकारले सहिद घोषणा


तरुण पत्रिका

२४ चैत्र २०७९, शुक्रबार ११:१९

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संगै उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए ।

यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए । लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग थियो ।

प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब प्रहरीको लाठी लागेर घाइते भएका थिए । उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको थियो ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार ११:१९