एसइई परीक्षा दिएर फर्कने क्रममा विद्यार्थीको मृत्यु


तरुण पत्रिका

२४ चैत्र २०७९, शुक्रबार १३:४६

प्युठान – एसइई परीक्षा दिएर फर्कने क्रममा स्कूलबसको ठक्करबाट प्युठानमा एक विद्यार्थीको मृत्यु भएको छ।

आज शुक्रबार बेल्वास मावि तापामा अध्ययनरत प्रतीक घर्तीको विद्यानन्द मावि गोठिवाङ जुडापाटा केन्द्रबाट परीक्षा दिएर फर्कने क्रममा ज्यान गएको हो।

उनी सवार लु ६६ प ५३४९ नम्बरको मोटरसाइललाई लु १ क १०९४ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका( ४ गोठिवाङमा ठक्कर दिएको थियो।

घाइते भएका प्रतीकको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार १३:४६