काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताएका छन् ।
राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभालाई आज सम्बोधन गर्दै उनले भने , ‘विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।” उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिए ।
गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्ने जानकारी दिए । “हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ । हामी विदेशी विज्ञापन यहाँ ल्याएर स्वदेश विदेशी मुद्रा भित्र्ययाउन प्रयासरत छौँ । प्रारम्भिक साधारणसभाले २ वर्षे कार्यकालको लागि नयाँ समिति चयन गर्नेछ ।
प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार १६:३३