काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आइतबार हुँदै छ ।
बलात्कार आरोप लागेका सन्दीपलाई आज काठमाडौँ जिल्ला अदालतले पेशी तोकेको छ। यसअघि बुधबारका लागि केशवप्रसाद घिमीरेको इजलासमा सुनुवाइ हुने तय भए पनि दिनको अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए।
मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ ।
प्रकाशित: २६ चैत्र २०७९, आईतवार १०:४०