अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो


तरुण पत्रिका

२६ चैत्र २०७९, आईतवार ११:५३

झापा– नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्म (८ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

गत आव २०७८÷७९ को सोही ८ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार ५ सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको १ करोड १ लाख ७८ हजार १ सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

यसैगरी चालु आव २०७९÷८० को फागुन मसान्तसम्म (८ महिना)मा नेपालबाट ५ अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार ३ सय ७४ केजी अलैँची भारत निर्यात भएको छ ।

गत आव २०७८÷७९ को सोही ८ महिनाको अवधिमा नेपालबाट ३ अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने ४ अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४ सय ४२ केजी अलैँची भारत निकासी भएको थियो ।

मेची भन्सार कार्यालयले जनाए अनुसार चालु आव २०७९÷८० को फागुन मसान्तसम्म (८ महिना)मा नेपालबाट १ अर्ब १० करोड ९१ लाख मूल्य बराबरको ३ करोड ६८ लाख ६८ हजार ६ सय ६ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ ।

गत आव २०७८÷७९ को सोही ८ महिनाको अवधिमा नेपालबाट २९ करोड ७ लाख ४ हजार मूल्य बराबरको ४ लाख ६४ हजार ४ सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार ८ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार ११:५३