सम्पर्कविहीन हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला


तरुण पत्रिका

२६ चैत्र २०७९, आईतवार १३:२७

काठमाडौँ– आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार १३:२७