क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश


तरुण पत्रिका

२६ चैत्र २०७९, आईतवार १५:४९

काठमाडौँ– क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा अदालतले थप २ व्यक्तिका बकपत्र लिन आदेश दिएको छ ।

सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश भएको अदालत स्रोतले बतायो ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । न्यायाधीश शंकरराज बराले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार १५:४९