रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित


तरुण पत्रिका

२६ चैत्र २०७९, आईतवार १६:०१

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजिनक भएपछि सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ ।

श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार १६:०१