कर्णाली सरकारबाट बाहिरियो एमाले


तरुण पत्रिका

२६ चैत्र २०७९, आईतवार १७:३०

काठमाडौँ– नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ ।

कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक रुपमा राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका हुन्।

उनीहरुले बदलिएको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीलाई काम गर्न सहजताका लागि आफूहरूले राजीनामा दिएको बताएका छन् ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार १७:३०