देशलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्छ : मन्त्री रिजाल


तरुण पत्रिका

२७ चैत्र २०७९, सोमबार १२:१०

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्था गतिलो नचएको बताएका छन् ।

लाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उनले नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताए ।

उनले भने, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको हो । तपाईंहरूको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईं हामी सबै मिलेर गर्नुपर्छ ।’

उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्ने बताए ।उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको बताए ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार १२:१०