काठमाडौँ — काठमाडौं महानगरपालिकाकाका प्रमुख बालेन्द्र शाहले शनिबारदेखि सिंहदरबारको फोहोर नउठाउने निर्णयबारे स्पष्टीकरण दिएका छन् ।
मेयर शाहले ‘पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न बेवास्ता, गैरजिम्मेवारी र लापरबाही गरे पछि यस्तो बाध्यात्मक कदम उठाउनु परेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा मेयर शाहले काठमाडौं महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस नभएको बताएका छन् ।
पटक पटकको कोसिस गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किलको अवस्था रहेको उनले बताएका छन् ।
प्रकाशित: २७ चैत्र २०७९, सोमबार १२:५०