सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सोमबारदेखि लागू हुने गरी समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले जानकारी दिए ।
सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक समर्थन दिएको २ साता नपुग्दै एमाले सरकारबाट बाहिरिएको हो । बदलिँदो राजनीतिक परिवेशका कारण मुख्यमन्त्रीलाई सहज बनाउन मार्ग प्रसस्त गरेको एमालेको प्रतिक्रिया छ ।
एमालेका सभामुखसहित १० सांसद छन् । यो सँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रकाशित: २७ चैत्र २०७९, सोमबार १४:१४