नेप्सेमा सामान्य अङ्कको सुधार


तरुण पत्रिका

२७ चैत्र २०७९, सोमबार १७:००

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५ दशमलव ५४ अङ्कले बढेर १ हजार ८ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।

आज २ सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार ८ सय ६३ कित्ता शेयर ३५ हजार ५ सय ४९ पटक खरिदबिक्री हुँदा ९१ करोड १९ लाख ७६ हजार बराबरको कारोबार भएको छ ।
आज वित्त समूह १ दशमलव ६३ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ५३ दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१ दशमलव ०६ अङ्कले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह ४ दशमलव १३, विकास बैंक समूह १८ दशमलव १५, जलविद्युत् समूह ५ दशमलव ९६, लगानी समूह शून्य दशमलव ०९ र जीवन बीमा समूह १६ दशमलव १६ अंकले बढेको छ । नेप्सेका अनुसार आज उत्पादन तथा प्रशोधन समूह १४ दशमलव १४, लघुवित्त समूह छ दशमलव ६९, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८, अन्य समूह शून्य दशमलव ५४ र व्यापार समूह २६ दशमलव ९२ अङ्कले बढेको छ ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ६ दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै ६ करोड ८४ लाख १८ हजार ६ सय ४३ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा मिडिल तमोरको २ लाख ६ हजार २ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

 

प्रकाशित: २७ चैत्र २०७९, सोमबार १७:००