जिप दुर्घटनामा एकजनाको मृत्यु


तरुण पत्रिका

२८ चैत्र २०७९, मंगलवार ११:०३

पर्वत– पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ व्यक्ति घाइते भएका छन् ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार ११:०३