काठमाडौं– देशका विभिन्न स्थानबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरिएको छ ।
कञ्चनपुर, बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९४ मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय राहुल बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४० वर्षीय बिमल बहादुर कट्वालले बोक्न दिएको भनी खुल्न आएपछि कट्वाललाई समेत बिराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटमा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, सखुवानान्कार्कट्टि गाउँपालिका–२ सोठियाईनस्थित शौचालयको छतमाथिको ट्याङकीभित्र अवैध लागूऔषध गाँजा करिब १ केजी ५ ग्राम प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार १३:३१