काठमाडौँ– सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ । अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको डिएसपी थापाले बताए ।
‘एक्कासी बिहानदेखि समस्या आयो । प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ,’ उनले भने, ‘कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको छ।’
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार १४:०६