काठमाडौं– साताको तेश्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा उकालो लागेको छ ।
सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो संगै सुचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ।
यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोहि दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २ सय ६२ कम्पनीको ३३ लाख १५ हजार ७ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा २ सय १ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र १ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ । यसैगरि सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ५ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
मंगलबार सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै निर्माण तथा प्रसोधनको ३ प्रतिशतले मूल्य बढेको छ भने विकास बैंक र फाइनान्स इन्डेक्स कम्पनीको २ प्रतिशतले मूल्य बढेको छ ।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार १६:०९