बलात्कारको आरोपमा न्यायाधिश पक्राउ


तरुण पत्रिका

२८ चैत्र २०७९, मंगलवार १६:२१

काठमाडौँ– बलात्कारको आरोपमा न्यायाधिश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषदमा पनि निवेदन दिएकी थिइन्।

न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन्।

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार १६:२१