काठमाडाैँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना संक्रमण भएको छ भने अहिले सक्रिय संक्रमितको संख्या ४ सय ६९ जना रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार ४ सय ३६ नमुना परीक्षण गर्दा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितको भेन्टिलेटर, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४८ जना निको समेत भएका छन् ।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार १६:५८