अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ


तरुण पत्रिका

२८ चैत्र २०७९, मंगलवार १७:३९

काठमाडौं– ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् ।

सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का १ जन भने ती ८ जनालाई पठाउन विमानस्थल पुगेका थिए ।

उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ ।

मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित २ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार १७:३९