हामीलाई झुक्याउन, अल्मल्याउन खोजियो, अब वार्ता हुँदैन : गोविन्दराज जोशी


तरुण पत्रिका

२९ चैत्र २०७९, बुधबार ११:३४

काठमाडौँ– गोविन्दराज जोशी समूहले नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ।

कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको भन्दै जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।

‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौं,’ जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौँ ।’

प्रकाशित: २९ चैत्र २०७९, बुधबार ११:३४