काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा सन्देश शमा पक्राउ परेका छन् ।
उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ ।
यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार १५:१६