रौतहटमा दोहोरो झडप, ६ प्रहरी घाइते


तरुण पत्रिका

२९ चैत्र २०७९, बुधबार १६:२५

काठमाडौँ । रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी र १ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गरुडा नगरपालिकाका मेयर उम्मेदवार दीपक यादव विभिन्न माग राख्दै आज दिउँसो नगरपालिकामा ताला लगाउन गएपछि प्रहरीसँग दोहोरो झडप भएको थियो ।

झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ जना प्रहरी घाइते भएका हुन् । यस्तै गरुडा(५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहीले ११ राउन्ड हवाई फायर गर्नुको साथै ५ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७९, बुधबार १६:२५