डिआइजी बढुवाका लागि १३ जनाको नाम सिफारिस


तरुण पत्रिका

२९ चैत्र २०७९, बुधबार १८:४८

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि १३ जना एसएसपीको नाम सिफारिस भएको छ ।

बुधबार बढुवा समितिले १३ जनाको नाम सिफारिस गरेको हो । सिफारिसको १ नम्बरमा कुबेर कडायतको नाम छ भने १३ औँ नम्बरमा विकासराज खनालको नाम छ ।

त्यसपछि केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनाल छन्।

 

प्रकाशित: २९ चैत्र २०७९, बुधबार १८:४८