काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद र पार्टीकाे साधारण सदस्यबाट बर्खास्त गरेकाे छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।
मन्त्री बन्न पार्टीलाई बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएकाे थियाे ।
उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोध्दै छानबिन गर्न समिति बनाएको थियो ।
गठित समितिले मंगलबार श्रेष्ठको बयान लिएपछि प्रतिवेदन बुझाएको थियो ।
उनको ठाउँमा पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । सभापति लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार १९:४१