धनगढीमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल


तरुण पत्रिका

३० चैत्र २०७९, बिहीबार १४:५०

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल ९क्वाटर० भेटिएको छ ।

सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

 

उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार १४:५०