एफएनसिसिआईको निर्वाचन समय सर्‍यो


तरुण पत्रिका

३० चैत्र २०७९, बिहीबार १४:५७

काठमाडाैँ– नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयास भएको छ ।

निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र स्वयम् उम्मेदवारहरु बीच सहमतिको प्रयास भएका कारण निर्वाचन कार्यक्रम पनि पछि धकेलिएको हो ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले सहमतिको प्रयास भन्दै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव भएपछि २ बजेदेखि हुने दोस्रो चरणको निर्वाचन कार्यक्रम ४ बजेसम्मका लागि सरिएको छ ।

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार १४:५७