रविको प्रष्टीकरण: विभागले गरेको टेन्डर आह्वानमा आफ्नो कुनै हस्तक्षेप छैन्


तरुण पत्रिका

३० चैत्र २०७९, बिहीबार १५:०४

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय परिचयपत्र सम्वन्धी कार्यविधि र टेन्डरबारे उत्पन्न विवादमा आफ्नो प्रष्टीकरण दिएका छन् । विभागले गरेको टेन्डर आह्वानमा आफ्नो कुनै हस्तक्षेप नरहेको उनको भनाइ छ ।

यो सम्बन्धित विभागले गर्ने कुरा भएको र आफूले स्वीकृत गरेको कार्यविधिका आधारमा नभएर खरिद नगरिएको पनि लामिछानेले स्पष्ट पारेका छन् ।
रवि एक महिना गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा सेटिङका आधारमा विदेशी कम्पनीलाई दिइएको आरोप सम्वन्धमा उनले फेसबुकमार्फत प्रष्टीकरण दिएका हुन् ।

उनले भनेका छन्, ‘कुनै पनि खरिद प्रकृयामा बी०क्यू तयार गर्ने, बोलपत्र आह्वान गर्ने, बोलपत्र आह्वानको म्याद कति राख्ने, योग्यता मूल्यांकन, छनोट र इजाजत प्रदान गर्ने काम सम्बन्धित विभागको हो ।

खरिद प्रकृयामा लेखा उत्तरदायी अधिकारीले प्रचलित कानूनको पालना भए(नभएको सुनिश्चित गरेर अगाडि बढाउने हो । यस्तो विषय गृहमन्त्रीस्तरले गर्ने निर्णय नै होइन । न यसबारे गृहमन्त्री जानकार नै हुन्छन् । यसमा समेत मलाई मुछिनु उपनिर्वाचन अगाडि नियतवश बदनामीको प्रयासका रुपमा मैले लिएको छु । अधिकारप्राप्त निकायले यो विषयमा छानबिन गरे मेरो सधैँ सहयोग नै हुनेछ ।’

 

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार १५:०४