जनता आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ  : गगन थापा


तरुण पत्रिका

३० चैत्र २०७९, बिहीबार १६:५८

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लाे समय नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताए ।

‘उनले प्रत्येकको आफ्नो सपना हुने बताउदै कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन नलाग्ने बताएका छन् । आफ्नो सपनाको मलामी जानुपर्‍यो भने मान्छे दिग्दार हुन्छ । मान्छे आक्रोशित हुन्छ र मान्छे वाक्क हुन्छ,’ थापाले भने, ‘अहिले किन अस्थिरता मनमा छ भने मान्छे आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ ।’

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार १६:५८