युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित


तरुण पत्रिका

१ बैशाख २०८०, शुक्रबार १७:४५

काठमाडौं, वैशाख १
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै नागरिक दैनिकमा कार्यरत पत्रकार पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले जनसेवा श्री पदकबाट सम्मानित गरेका हुन् ।
राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेललाई पदक तथा विभूषण पत्र प्रदान गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल र विभूषण समितिका अध्यक्ष तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काद्वारा हस्ताक्षरित विभूषण अधिकार पत्रले सम्मान गरिएको थियो । राष्ट्रपतिले २०७९ सालको संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा पत्रकार पौडेललाई विभूषण प्रदान गर्ने घोषणा गरेका थिए ।
नेपाल प्रेस युनियनका महासचिव समेत रहेका पौडेल डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत बागलुङका पौडेल यसअघि विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित भएका थिए । पौडेल भ्रष्टाचार विरुद्ध तथा आर्थिक क्षेत्रमा खोजमूलक समाचार लेख बापत बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड, सेजन अवार्ड लगायतबाट विभिन्न पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित: १ बैशाख २०८०, शुक्रबार १७:४५