सेती खोँचमा खसेकी बालिकाको मृत्यु


तरुण पत्रिका

२ बैशाख २०८०, शनिबार २१:०२

पोखरा । सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ ।

खोँचमा खसेको २ घन्टापछि उद्धार गरिए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीको भनाइ छ ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरूसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खसेकी थिइन् ।

प्रकाशित: २ बैशाख २०८०, शनिबार २१:०२