प्रधानमन्त्री दाहालबाट राज्यमन्त्री चपाईंले लिनुभयो शपथ


तरुण पत्रिका

३ बैशाख २०८०, आईतवार १७:२६

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् । नेकपा ९एकीकृत समाजवादी० का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । आजै राज्यमन्त्री चपाईले मन्त्रालय पुगी पदभार सम्हालेका छन् ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार १७:२६