काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो ।
त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपमा १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
नेपाली टोली
रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी ।
वैकल्पिक खेलाडी स् अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।
प्रकाशित: ३ बैशाख २०८०, आईतवार १७:२९