काठमाडौँ । काठमाडौँमा देखिएको तुवाँलो हट्न अझै केही दिन लाग्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा लागिरहेको तुवाँलो आगामी दुई दिनसम्म हट्ने सम्भावना नदेखिएको जनाएको हो ।
लामो समयदेखि पानी नपरेका कारण डढेलो बढ्न सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र लुम्बिनीका तराई जिल्लामा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित: ४ बैशाख २०८०, सोमबार ०८:१७