काठमाडौं – महानगरपालिकाले फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।
महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो।
रिटमा महानगर फोहोर उठाउने जिम्मेवारीबाट पन्छिन नपाउने उल्लेख गरिएको छ ।
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार ११:०१