तनहुँ– सत्ता गठबन्धनले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्ष्य गरेर दमौलीमा आज संयुक्त चुनावी सभा गर्दै छ।
नेपाली कांग्रेसको ब्यास नगरकार्यसमितिले आयोजना गर्ने चुनावी सभा दिउँसो १ बजे सुरु हुने छ।
चुनावी सभालाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस नगर कार्यसमितिले जनाएको छ।
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार ११:३७