बाइकमै नेपाल आए साउथ सुपरस्टार अजित कुमार


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार ११:५८

काठमाडौँ । साउथ सुपरस्टार अजित कुमार नेपाल आएका छन् । उनी सिलगुढी हुँदै बाइकमै नेपाल आएका हुन् । बाइकका सौखिन अजित आइतबार धनुषाको ढल्केबर र सोमबार झापाको सुरुङंगामा देखिएका थिए । उनी नेपालमा रहेको तस्बिर तथा केही भिडियो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ ।

जसमा उनी फ्यानबाट घेरिएका छन्, भने उनलाई केही क्यामराले फलो गरेको पनि देख्न सकिन्छ । केही सहयोगीका साथ उनी नेपालको मुस्ताङमा एक फिल्मको छायाङ्कनका लागि आएको बताइन्छ । उनी कुन फिल्मका लागि नेपाल आएको त्यसको आधिकारी जानकारी भने बाहिर आएको छैन ।साउथ फिल्म क्षेत्रका हिट अभिनेता अजित कुमारको नेपालमा पनि राम्रो क्रेज छ ।

उनी बाइकका सौखिन छन् । बाइकमा विश्वका विभिन्न देश समेत उनले घुमिसकेका छन् । केही समय अगाडि उनी साथीहरूसँग बाइकमै थाइल्यान्ड पुगेका थिए ।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार ११:५८