खार्तुम– सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी युद्धमा करिब २ सय जनाले ज्यान गुमाएका छन् भने १ हजार सय जना घाइते भएका छन् ।
विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा भएका हो ।
सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स ९आरएसएफ०बीचको जारी द्वन्द्वले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।
अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १२:१२