काठमाडाैँ– मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार र प्रहरीबीच धकेलाधकेल भएको छ।
सोही क्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको पीडित पक्षले बताएका छन्।
विगत २५ दिनदेखि उनीहरूले प्रदर्शन गर्दै आइरहेका छन्।
आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।
आन्दोलनकारीले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, द्वन्द्वमा बेपत्ता भएका नागरिकलाई सार्वजनिक गर, घाइते, अशक्त तथा अंगभंग भएकाहरूको उपचारको ग्यारेन्टी गर, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौंरु, लुटिएको सम्पत्ति फिर्ता गर, लगायतका विभिन्न माग राखिएको प्लेकार्ड लिएर उनीहरूले प्रदर्शन गरेका छन्।
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १३:०५